२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

व्यावसायिक फुटबल विकासका लागि फागुनमा एनएफएल

व्यावसायिक फुटबल विकासका लागि फागुनमा एनएफएल

काठमाडौँ । नेपाली फुटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन महिनामा हुने भएको छ ।

विभिन्न सात टोली सहभागी यस प्रतियोगितामा होम एन्ड अवेका आधारमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए । उनले नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने लक्ष्यसहित यस प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

नेपाली फुटबलको इतिहास लामो भए पनि सफलता हासिल गर्ने क्रममा विभिन्न चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई अवसरमा बदल्न एनएफएलको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले उल्लेख गरे । लिगलाई पूर्ण व्यावसायिक प्रतियोगिताका रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको उनले बताए ।

करिब चार महिना सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, झापा एफसी र धनगढी एफसी सहभागी हुनेछन् ।

लिग सञ्चालनका लागि आवश्यक रङ्गशालाको उपलब्धता र अन्य तयारीलाई ध्यानमा राखेर प्रतियोगिता अघि बढाइने जनाइएको छ ।

अधिकांश रङ्गशाला सरकारको स्वामित्वमा रहेकाले एनएफएल सञ्चालनका लागि सरकारसँगको स्वीकृतिको प्रक्रिया अघि बढाइसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij