२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

ईञ्जिनियर सुवास पौडेल : गण्डकी प्रदेशबाट म्यान अफ दी इलेक्सन

ईञ्जिनियर सुवास पौडेल : गण्डकी प्रदेशबाट म्यान अफ दी इलेक्सन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा इञ्जिनियर सुवास पौडेलले करिब दुई तिहाइ मत प्राप्त गरेका छन्। गण्डकी प्रदेशको भूगोलतर्फ युवातर्फ उम्मेदवारी दिएका पौडेलले ४ हजार ५ सय ४७ मत प्राप्त गर्दै उक्त समूहमा सबैभन्दा बढी मत ल्याएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी इञ्जिनियर चेतराज कँडेलले २ हजार ७९ मत प्राप्त गरेका छन्। पौडेलले कँडेलको भन्दा २ हजार ४ सय ६८ मत बढी प्राप्त गरेका हुन्।

केन्द्रीय समितिमा निर्वाचित सबै उम्मेदवारमध्ये पनि पौडेलले पाँचौँ सर्वाधिक मत प्राप्त गरेका छन्। गण्डकी प्रदेशबाट युवातर्फ प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित पौडेलको मतपरिणामले महाधिवेशन प्रतिनिधिहरूमाझ उनको समर्थन देखाएको छ।

निर्वाचनमा आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै पौडेलले पार्टीको केन्द्रीय समितिमा जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्। उनले आफूलाई प्राप्त विश्वासलाई जिम्मेवारीका रूपमा लिँदै पार्टीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij