काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा गण्डकी प्रदेश भूगोलतर्फ युवा नेता तथा सिभिल इन्जिनियर सुवास पौडेलले फराकिलो अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार पौडेलले १ हजार २ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी चेतराज कँडेलले ६ सय २८ मत लिएका छन्। पौडेलले कँडेलभन्दा ६ सय ५४ मत बढी प्राप्त गरेका छन्।
जारी मतगणनामा गण्डकी भूगोलतर्फ पौडेल सर्वाधिक मतसहित अगाडि रहेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij