२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा जुट्न सभापति थापाको आग्रह

बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा जुट्न सभापति थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन्।

थापाले आज बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध गरेका छन्।

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपील गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उनको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij