२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सुर्खेतमा जंगलभित्र लुकाइएका १८ नाल भरुवा बन्दुक फेला

सुर्खेतमा जंगलभित्र लुकाइएका १८ नाल भरुवा बन्दुक फेला

सुर्खेत । सुर्खेतको तीन स्थानमा जंगलमा लुकाइछिपाई राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका ७ सान्नेघारीस्थित जंगलबाट ५ नाल, चौकुने गाउँपालिका १ धामिसेनस्थित जंगलबाट १२ नाल र बराहताल गाउँपालिका १ ज्यामिरेस्थित जंगलबाट १ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij