२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

कांग्रेस महाधिवेशनमा दुई घण्टामा खस्यो १ हजार २९३ मत

कांग्रेस महाधिवेशनमा दुई घण्टामा खस्यो १ हजार २९३ मत

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो ।

मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij