२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

नेविसंघको राजनीतिबाट उदाएकी सलिना केसी कांग्रेस केन्द्रीय सदस्यको दौडमा

नेविसंघको राजनीतिबाट उदाएकी सलिना केसी कांग्रेस केन्द्रीय सदस्यको दौडमा

काठमाडौं । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएकी सलिना केसी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी छन्। केसीले कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश भूगोलतर्फ ३५ वर्षमुनिको युवा महिला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।

नुवाकोटबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित केसी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनले पार्टी संगठनका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्।

केसीले पार्टी संगठनलाई थप सुदृढ बनाउने, युवालाई राजनीतिमा सक्रिय रूपमा जोड्ने तथा नेतृत्व विकासका लागि अवसर सिर्जना गर्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएकी छन्। त्यस्तै, पार्टीभित्र समावेशी प्रतिनिधित्वलाई प्रभावकारी बनाउनुपर्ने विषयमा समेत उनको जोड रहँदै आएको छ।

कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यसपटकको महाधिवेशनलाई पार्टीभित्र विशेष महत्वका साथ हेरिएको छ। यही क्रममा युवा पुस्ताको प्रतिनिधित्व गर्दै केसीले बागमती प्रदेश भूगोलतर्फ ३५ वर्षमुनिको महिला समूहबाट उम्मेदवारी दिएकी हुन्।

विद्यार्थी राजनीतिबाट पार्टीको मूल राजनीतिमा प्रवेश गरेकी केसीको उम्मेदवारीले कांग्रेसभित्र युवा पुस्ताको सहभागिता र महिला प्रतिनिधित्वको विषयलाई समेत बहसमा ल्याएको छ। बागमती प्रदेश भूगोलतर्फ युवा महिलाको समूहमा उनको उम्मेदवारीसँगै उक्त समूहको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij