२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ विभागले विज्ञप्ति जारी गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको जनाएको छ ।

विभागले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइ नसकेकाले त्यस्ता गिरोहसँग सचेत रहन आग्रह गरेको छ ।

इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij