२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

ललितपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

ललितपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौँ । प्रहरीले लागूऔषध तस्कर पक्राउ गर्न ललितपुरमा गोली चलाएको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई गोली चलाएको थियो ।

राईले आक्रमण गर्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । उनको साथबाट प्रहरीले आधा किलो आइस ड्रग बरामद गरेको ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij