२०८३ भाद्र १० बुधबार

Aug 26 2026 Wednesday

२०८३ भाद्र १० बुधबार

ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा

ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ’सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक बाँडेका छन् । खेलको सुरुवातमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो । २१औँ मिनेटमा ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै आई. साइबारीले सुन्दर गोल गरेर मोरक्कोलाई अग्रता दिलाएका थिए तर, मोरक्कोको यो अग्रता धेरै समय टिक्न सकेन।

खेलको ३२औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले बराबरी गोल फर्काए । उनले ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए। पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेनन् ।

इन्जुरी समयको अन्तिम मिनेटसम्म पनि दुवै टोलीले जितका लागि निकै संघर्ष गरेका थिए। खेलमा मोरक्कोको रक्षापंक्तिले ब्राजिलियन आक्रमणलाई दोस्रो हाफमा पूर्ण रूपमा विफल तुल्याइदिएको थियो । यो बराबरीसँगै समूह ’सी’ मा रहेका ब्राजिल र मोरक्कोले समान १–१ अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij