२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बागलुङको ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङको ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनको भनाइ छ ।

चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताए । मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो ।

उनले भने, ‘दुर्घटना राति १ बजेतिर भएको हो, हामीलाई दुर्घटना भएको केही समयमै खबर आएको थियो, घटनास्थलमा पुगेर खोजतलास गर्दा एउटा शव फेला पर्‍यो, ट्याक्टरमा अरु पनि थिए की भन्ने हिसाबले खोज्यौँ तर एक जना चालक मात्रै हुनुहुँदोरैछ ।’ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको मानन्धर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij