२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

काभ्रेमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

काभ्रेमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा शुक्रबार दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चालकसहित १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए। उनका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij