२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान होः सांसद केसी

प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान होः सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौन बस्ने कुरा व्यक्तिगत लहडको विषय नभएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा केसीले राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद र जनताप्रतिको उपेक्षा भएको बताएका हुन् ।

उनले ‘उहाँको दायित्व वारेसमार्फत गराइनु संसद्प्रतिको घोर अपमान र खेदजनक हो । शक्ति सन्तुलन, नियन्त्रणका प्रक्रियाहरू एक अर्को गरेर भङ्ग हुँदै गएका छन्। केन्द्रिकरण तथा स्थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्नु अस्थिरता र निरंकुशताको प्रवृत्ति हो।’

त्यसैगरी सांसद केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान भएको बताए ।

उनले भने, ‘प्रश्न गर्ने नागरिक अधिकार हो भने संसद्मा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन। यो त तर्क, बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौँ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij