२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

प्रधानमन्त्रीले माफी माग्नुपर्ने कांग्रेसको अडान

प्रधानमन्त्रीले माफी माग्नुपर्ने कांग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन अघि नबढ्ने बताएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले प्रधानमन्त्री बालेन साहले सदनमा माफी नमागेसम्म संसद् बैठक चल्न नदिने बताएका छन् ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक ठहर गर्नुपर्ने बताए । उनले भने, ‘कि प्रधानमन्त्रीले त्यो स्टेटमेन्ट फिर्ता लिनुपर्छ कि माफी माग्नुपर्छ । माफी मागेपछि मात्रै सदन चलाउन दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij