२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बस्नेतले भारतबाट जारी भएको मावि तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको उजुरीको आधारमा आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij