२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

वडासचिव धम्क्याउने खड्का पक्राउ

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन साहको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोकका २२ वर्षीय प्रकाश खड्कालाई पक्राउ गरेको हो । खड्कालाई शनिबार पक्राउ गरेको परिसरले जनाएको छ ।

प्रहरीका अनुसार खड्काले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग’ गरेका थिए । उ

नले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई खड्काले फोन गरी धम्क्याएको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij