२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

१० अंकले घट्यो नेप्से

१० अंकले घट्यो नेप्से

काठमाडौँ । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । बुधबार ४.१५ अंकले घटेको नेप्से बिहीबार १०.०७ अंकले घटेको हो । आज ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । आज ८० वटा कम्पनीको मूल्य बढ्दा १७४ वटाको घटेको छ ।

आज कुनै पनि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । युनियन हाइड्रोपावरको सेयर सर्वाधिक ९.७९ प्रतिशतले बढ्दा एसियन हाइड्रोपावरको ९.८९ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड मूल्य बराबरको कारोबार भयो ।

लाइफ इन्स्योरेन्स, म्यूचअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij