२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सुकुम्बासी बस्तीमा डोजर नलगाउन सर्वोच्चको अन्तरिम आदेश

सुकुम्बासी बस्तीमा डोजर नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २२ वैशाख : सर्वोच्च भवन सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा नभत्काउन अन्तरिम आदेश जारी गरेको छ । सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

रिटमा काठमाडौं उपत्यकासहित देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही नगर्नू, नगराउनु भनी माग गरिएको थियो ।

अन्तरिम आदेशसँगै सरकारले सुकुम्बासी बस्तीमा अब डोजर लगाउन पाउने छैन । वैशाख ११ गते गोपाल रनपहेँलीसहित ११ जनाले सुकुम्वासी बस्ती हटाउने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर काठमाडौँ उपत्यकाका खोला किनारका सुकुम्बासी बस्ती हटाइसकेपछि अन्तरिम आदेश आएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij