२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

२७ अंकले बढ्यो शेयर बजार

२७ अंकले बढ्यो शेयर बजार

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ । यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो ।

आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन एक दशमलव ४८, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १०, जीवन बीमा शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त समूह शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा समूह एक दशमलव ५२ र अन्य समूह एक दशमलव १३ प्रतिशतले बढेको नेप्से जनाएको छ । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij