२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

क्यानडा नेपाल च्याम्बर अफ कमर्शको नेतृत्वमा लामिछाने

क्यानडा नेपाल च्याम्बर अफ कमर्शको नेतृत्वमा लामिछाने

क्यानडा । क्यानडामा व्यापार व्यवसायमा संलग्न नेपाली क्यानेडियनलाई लक्षित गरेर स्थापना भएको फेडेरेशन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्शमा गोकर्ण लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुईटेल, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सुराना रहेका छन् । यस्तैं, बोर्ड अफ डाईरेक्टरमा पूर्णिमा डागा, ईश्वर चन्द राजन, अर्चना प्रधान कार्की, केदारा शिवाकोटी र विष्णु पौडेल रहेका छन् । विजय पौडेलको अध्यक्षतामा स्थापना भएको संस्थामा लामिछाने महासचिवको जिम्मेवारीमा थिए ।

अध्यक्ष चयन भएका लामिछाने व्यवसायमा संलग्न छन् भने नेपालमा रहँदा र क्यानडामा पनि पत्रकारितामा समेत सक्रिय छन् । उनी नेपाल अमेरिका पत्रकार संघका पूर्व क्यानडा संयोजक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij