२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

दलको नेता छनोट गरी दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोकियोस्ः पूर्णबहादुर खड्का

दलको नेता छनोट गरी दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोकियोस्ः पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेता छनौटमा भइरहेको ढिलाईप्रति आपत्ति जनाएका छन् ।

आइतबार राति सामाजिक संजालमार्फत खड्काले दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योल दलको सार्वभौम अधिकार माथिको ठाडो हस्तक्षेपको परिणाम भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाई र अन्योल दलको सार्वभौम अधिकार माथिको ठाडो हस्तक्षेपको परिणाम हो। यो कार्य तत्काल बन्द गरियोस् । संसदीय दलका माननीय सदस्यहरुको यसतर्फ गम्भीर ध्यानाकार्षण ।’

उनले संसदीय दलले अबिलम्ब दलको नेताको चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोक्न माग गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलको विधान अनुमोदन गरेपछि संसदीय दलको विधानको व्यवस्था बमोजिम केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरुले सर्वसम्मत वा प्रतिस्पर्धाको माध्यममाबाट सार्वभौम तरिकाले निर्वाचन सम्पन्न गर्ने बिषय हो । यो दशथरिको हुन्डरी मच्चाउने काम र हस्तक्षेप कसैको हितमा छैन । संसदीय दलले अबिलम्व दलको नेताको चयन सम्पन्न गरेर जनता र दुनियाँको नजरमा पार्टीको छबिमा हुन थालेको थप क्षतिलाई रोकियोस् । यस बिषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण होस् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij