२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धि ४.६ प्रतिशत रहेको थियो ।

मध्यपूर्वमा जारी द्वन्द्व तथा सन् २०२५ सेप्टेम्बरमा भएको अशान्तिको प्रभावका कारण आर्थिक गतिविधिमा सुस्तता आएको जनाइएको छ ।

यद्यपि, समग्र आर्थिक परिदृश्य भने सुधारोन्मुख देखिएको छ । पुनर्निर्माणका कार्य, तीव्र रूपमा विस्तार भइरहेको जलविद्युत् क्षेत्र तथा आगामी प्रदेश र स्थानीय तहको निर्वाचनले आगामी वर्षहरूमा अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ ।

यसअनुसार आर्थिक वर्ष २०२६/२७ र २०२७/२८ मा नेपालको आर्थिक वृद्धिदर औसत ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij