२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जना आरोपीको विवरण सार्वजनिक

वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जना आरोपीको विवरण सार्वजनिक

काठमाडौँ । वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ ।

विभागले शुक्रबार एक सूचनामार्फत पछिल्लो एक महिनामा विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका (वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दा)मा जाहेरी दर्ता भएकाहरूको नामावली सार्जजनिक गरेको हो ।

सार्वजनिक सूचनामा ३५२ वटा जाहेरी परेका छन् भने त्यसमा ३५२ भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । एउटै जाहेरीमा ८१० जनासम्म प्रतिवादी रहेका विभागले जनाएको छ । विभागले गत फागुन १७ गतेदेखि यही चैत १७ गतेसम्म व्यक्तिगत रूपमा जाहेरी परेका प्रतिवादीहरूको नाम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij