२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

शीर्ष स्थानमा रहँदै नेपाल साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा

शीर्ष स्थानमा रहँदै नेपाल साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ । साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा शुक्रबार भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालका लागि निशानराज लावतले गोल गरे । त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलङ्कालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij