२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कोशीका तीन विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

कोशीका तीन विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यसअघि विनाविभागीय रहेका ३ जना मन्त्रीको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री कार्कीले मन्त्रालय तोकेर प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गरेका थिए ।

प्रदेश प्रमुख खापुङले आइतबार सिफारिसअनुसार मन्त्रीहरुको जिम्मेवारी तोकेका हुन् । कार्कीले आन्तरिक मामिला मन्त्रालयमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कमल प्रसाद जवेगूलाई जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij