२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने गरी खटिनुस्ः अध्यक्ष ओली

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने गरी खटिनुस्ः अध्यक्ष ओली

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने उद्देश्यका साथ एमाले समृद्धिका लागि संकल्प यात्रामा होमिएको बताएका छन् ।

शनिबार अछामको साँफेबगरमा अयोजित सभालाई सम्बोधन गर्दे अध्यक्ष ओलीले साढे तीन वर्ष एमालेको सरकार हुँदा देशमा विकासको लहर चलेको बताए ।

उनले एमाले सरकार बाहिर हुँदा अस्थिरता, अराजकता, मनपरितन्त्र मौलाएको बताए। अध्यक्ष ओलीले वर्तमान सरकारले अपराधिहरूलाई संरक्षणबाहेक केही गर्न नसकेको आरोप लगाए । उनले भने, ‘अब देख्नु भएन सबै पार्टीको हबिगत । वितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले भने, ‘८४ को निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij