काठमाडौँ- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएको छ ।
करिब दुई महिनादेखि कलेजो क्यान्सरबाट ग्रसित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो। प्रतिष्ठानको पहिलो उपकुलपति डा.साहले प्रतिष्ठानको स्तरोन्नतिका लागि विभिन्न पहल गरेका थिए। उनी मधेशका अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij