२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

यस्तो छ उज्यालो नेपाल पार्टीको प्रतिवद्धतापत्र

यस्तो छ उज्यालो नेपाल पार्टीको प्रतिवद्धतापत्र

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी पार्टीले निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो ।

पार्टीले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको लागि स्थापित पार्टी भएको जनाएको छ । प्रतिबद्धता पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता कायम गरिने जनाएको छ ।

त्यस्तै, प्रतिबद्धता पत्रमा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ । उसले सुशासनतर्फ सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था अघि सारेको छ ।

प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने प्रतिवद्धता पत्रमा उल्लेख छ। राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष कुलमान घिसिङले बताए । त्यसैगरी प्रदेशसभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रणका लागि दोषीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, सम्पत्ति राष्ट्रियकरण, उजुरीकर्तालाई ५ प्रतिशत पुरस्कार दिने व्यवस्था र ‘उज्यालो हटलाइन’ सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij