२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सुनको मूल्य अहिले सम्मकै उच्च, तोलाको एक लाख १७ हजार

सुनको मूल्य अहिले सम्मकै उच्च, तोलाको एक लाख १७ हजार

 

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला  एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य एक हजार पाँच सय निर्धारण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij