२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

बौद्धबाट करोडौंको गरगहना चोरीमा संलग्न व्यक्ति गोली हानेर पक्राउ, ६५ तोला सुनसमेत बरामद

बौद्धबाट करोडौंको गरगहना चोरीमा संलग्न व्यक्ति गोली हानेर पक्राउ, ६५ तोला सुनसमेत बरामद

काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट सुनको गरगहना चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको जनाएको छ ।

बौद्धस्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गरगहना चोरीमा संलग्न एक जनालाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले स्वयम्भू क्षेत्रबाट गोली हानेर उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगंजका प्रेम थारु छन् ।

पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेपछि गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । प्रहरीले उनको साथबाट ६५ तोला सुनको गरगहनासमेत बरामद गरेको छ ।

उनले अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत मंगलबार दिउँसो रिन्जी लामाको घरबाट १ करोड ४ लाख रुपैयाँ बराबरको सामान चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij