२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

२०८३ कार्तिक १८ मंगलबार

समानुपातिक सूचीबाट आयोगले हटायो ७६ उम्मेदवारको नाम

समानुपातिक सूचीबाट आयोगले हटायो ७६ उम्मेदवारको नाम

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको हो ।

आयोगका अनुसार, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभाभ सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जनाको नाम आयोगले हटाएको हो ।

त्यस्तै, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका चारजना, मतदाता नामावलीमा नाम समावेश नभएका एकजनाको नाम हटाइएको समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले गत माघ ४ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उमेदवारहरूको सूची सार्वजनिक गरेको थियो ।

समानुपातिकतर्फ दलहरूले बढीमा ११० जनासम्म उमेदवारको सूची आयोगमा बुझाएका थिए । समानुपातिकतर्फ ११० जना उमेदवार विजयी हुने व्यवस्था छ ।समानुपातिक बन्दसूचीमा कुल ३२ सय १३ उमेदवारको नाम आयोगले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij