२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रमोद खरेलको ‘अर्कैको सिन्दुर लायौ’

प्रमोद खरेलको ‘अर्कैको सिन्दुर लायौ’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘अर्कैको सिन्दुर लायौ’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र कार्कीजीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।

भिडियोमा समीप निरौला, सिर्जना कोइराला र सुवास शाह फिचर्ड छन् । वियोगान्त भावको भिडियोमा राम केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सहनिर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ ।

समीपको यो डेब्यू भिडियो निर्देशन हो । भिडियोकी निर्माता सीता अधिकारी हुन् । भिडियो समीप निरौला युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij