चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा सबै संयमित हुनुपर्ने बताएका छन् ।
बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै पनि राजनीतिक दलले गर्न नहुने बताएका हुन् ।
उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने बताए । चितवनले सुरुवातमै उत्साहपूर्ण संकेत गरेको भन्दै उनले सिंगो चितवन नै घन्टीमय बनाउन आफू लागेको बताए ।
सभापति लामिछानेले आफूमाथि जे जति अभियोग लगाएपनि अदालती प्रक्रियालाई भने सम्मान र स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू भएको छ। तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ। अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन। अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन ।’
सभापति लामिछानेले आफू अदालतप्रति आशा र भरोसा राखेर बसिरहेको बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij