मकवानपुरको कुलेखानी नजिकै अवस्थित मोहिनी झरना प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण मानिन्छ । इन्द्र सरोवरको छेवैमा पर्ने यो झरना वर्षाभर अविरल पानी बगाउने सदाबहार झरनाको रुपमा परिचित छ।
काठमाडौँको थानकोट–चन्द्रगिरी–भञ्ज्याङ बाट वा फर्पिङ–कुलेखानी मार्ग हुँदै मार्खु पुग्दा झरना अवलोकन गर्न सकिन्छ। सुनसान जंगलको नीरव वातावरणमा अविरल गुन्जिने मोहिनी झरना कुलेखानी हुँदै राप्ती खोला सम्म पानी पुर्याउने प्राकृतिक चक्रको हिस्सा हो। प्रकृतिप्रेमी र ट्राभलरहरूका लागि मोहिनी झरना अवश्यै भ्रमण योग्य स्थल हो।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij