२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

सरकारले वातावरण बनाए चुनावमा सहभागी भएर बहुमत ल्याउँछौँः ओली

सरकारले वातावरण बनाए चुनावमा सहभागी भएर बहुमत ल्याउँछौँः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन्।

पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहाना रहेको बताए।

उनले सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित निर्वाचन जित्ने दाबी पनि गरे।

उनले भने, ‘हामी जस्तो परिस्थिति आउँछ त्यसरी नै जाने हो। यदि निर्वाचनको वतवरण बनाउँछ सरकारले, हामी निर्वाचनमा सहभागि हुन्छौँ, बहुमत ल्याउँछौँ, चुनाव जित्छौँ। हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनाव होस् भन्ने पर्खिरहेका छौँ। तर, यो सरकारमा त्यो जिम्मेवारी बोध देखिँदैन।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij