२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

समाजप्रेसको ग्लोबल इडिटरमा झरना अधिकारी

समाजप्रेसको ग्लोबल इडिटरमा झरना अधिकारी

काठमाडौं । समाजप्रेस डटकमको ग्लोबल इडिटरमा झरना अधिकारी नियुक्त भएकी छिन् । समाजप्रेस डटकमको सञ्चालक संस्था जेसीज मिडिया प्रा.लि.को व्यवस्थापनले पत्रकार अधिकारीलाई ग्लोबल इडिटरको जिम्मेवारी दिएको हो ।

२ दशकदेखि पत्रकारितामा क्रियाशील अधिकारी कान्तिपूर मिडया ग्रुपद्वारा प्रकाशन हुँदै आएको नारी मासिककी पूर्व सह सम्पादक हुन् । उनले कान्तिपूर मिडिया ग्रुपमा १३ वर्ष काम गरिन् । त्यसअघि कम्युनिकेशन कर्नरको चर्चित कार्यक्रम कायाकैरनमा काम गरेको अनुभव अधिकारीसँग छ ।
महिला सशक्तिकरण, फेशन डिजाइनिङ एवं समसमायिक विषयमा सशक्त कलम चलाउँदै आएकी चितवनकी अधिकारी हाल अमेरिकामा बसोबास गर्छिन् ।

ग्लोबल इडिटरका रुपमा अधिकारीको आगमनले समाजप्रेस डटकमलाई एक सशक्त अनलाइन सञ्चारमाध्यमका रुपमा स्थापित हुन मद्दत पुग्ने विश्वास व्यवस्थापनले लिएको छ । नेजाको कार्यकारी सदस्यसमेत रहेकी अधिकारीसँग पत्रकारिता क्षेत्रको २ दशक लामो अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij