२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। बुधवार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनायो ।

उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए ।

परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छाका कारण राजीनामा दिएको रानाभाटले निकटस्थलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij