२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बालबालिकालाई श्रममा लगाए कारबाही गर्ने बालेनको चेतावनी

बालबालिकालाई श्रममा लगाए कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं- काठमाडौं महानगरपालिकाले बालबालिकालाई श्रममा नराख्न आग्रह गरेको छ । कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ । १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको छ ।

कानुनको उल्लंघन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई जानकारी गराउन महानगरले आग्रह गरेको छ ।

कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज, सवारीसाधन कारखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ ।

Capture1686013768.JPG

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij