काठमाडौं । तुइनखोलामा झरेको पहिरो पन्छाएपछि नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आएको छ।
सडक खुलेपछि अहिले पोखरातर्फ जाने सवारी साधन चल्न थालेका छन्।
पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेकाले काठमाडौंतर्फ जाने सवारीलाई रोकिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानको आधारमा जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझदेखि यो सडकमा यातायात सञ्चालनमा रोक लगाएको थियो। जोखिम कम भए अर्को सूचना जारी गरेर सडक खुलाउने भन्दै शनिबार साँझदेखि यो सडकमा सवारी आवागमन बन्द गरिएको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij