काठमाडौं । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको छ ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij