काठमाडौं। नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने भएको छ।
कांग्रेसले एक विज्ञप्ती जारी गर्दै भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै काँग्रेसले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी गराएको हो।
आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, पार्टीका ऐतिहासिक भवनहरू, व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण, लुटपाट र आगजनी भएको साथै पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेतामाथि समेत सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
वि.सं. २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बी.पी. कोइरालाले ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिपश्चात् काँग्रेसले निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij