मकवानपुर । मकवानपुर र बाराको सिमानास्थित महेन्द्र राजमार्गअन्तर्गत चुरियामाईमा नेपाली सेना चढेको जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ।
मंगलवार दिउँसो नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्षबिक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको ४ वटा नेपाली सेनाको ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक बारा र मकवानपुरको सिमाना नजिक रहेको कल्भटमा पल्टिँदा उनीहरू घाइते भएका हुन्।
मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेहरू सबैको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाइएको बताए।
उक्त ट्रकमा २२ जना सैनिक सवार रहेको अर्यालले जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij