२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

विराटनगरबाट करिब २६२ किलो गाँजासहित तीन जना पक्राउ

विराटनगरबाट करिब २६२ किलो गाँजासहित तीन जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब २६२ किलो ५ सय ८० ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१८ बस्ने श्याम कुमार यादव, सुनसरी घर भएका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् ।

 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारी सन्जु र निखिललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त गाँजा श्याम कुमारको हो भन्ने खुल्न आएपश्चात श्यामलाई विराटनगर महानगरपालिका-१८ आईसिपी रोडबाट प्रहरीले पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij