काठमाडौँ । काठमाडौँमा भएको जेन जेड आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लाग्दा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ।
मृतकहरूको पहिचान अझै खुल्न बाँकी छ। सिभिल अस्पतालमा उपचाररत दुई जना घाइतेको केही समयअघि मृत्यु भएको थियो।
त्यसै गरी, ट्रमा सेन्टरमा पनि थप एक जना आन्दोलनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। यसबारे थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij