२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेन जेडहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेको हो ।

माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद् भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

अवस्था तनावपूर्ण भएपछि अहिले कर्फ्यु आदेश जारी भएको हो ।

यसैबिच जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सो क्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij