२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

‘सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुन्छ’-आईएसपान

‘सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुन्छ’-आईएसपान

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्ने बताएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न भोलीसम्मको समय लाग्ने बताएका छन् ।

 

अध्यक्ष पराजुलीले सरकारलाई आफूहरूले सामाजिक सञ्जाललाई पूर्णरुपमा बन्द नभई नियमन गर्ने गरी सुझाव दिएको बताएका छन् ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषद्को भदौ ५ गतेको निर्णय, आज (बिहीबार) बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्री स्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij