२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा मंसिर १४ गतेदेखि सुरु गर्ने तयारी गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’का बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार (भोलि) काठमाडौंमा गर्ने प्रदर्शनलगायत विषय बैठकका एजेन्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij