२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

रसुवागढी क्षेत्रमा सुख्खा पहिरो खस्दा एक युवक घाइते

रसुवागढी क्षेत्रमा सुख्खा पहिरो खस्दा एक युवक घाइते

काठमाडौँ । गोसाईकुण्ड गाउँपालिका-२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ ।

पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनयदास थारू पहिरो खस्दा घाइते भएका छन् । रोजगारीको सिलसिलामा टिमुरे बस्दै आएका थारू सोही बिहान रसुवागढी पैदल जाँदै गर्दा खसेको ढुंगाले उनको टाउको, कान र काँधमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

प्राथमिक उपचारपछि उनलाई आइतबार बिहान ९:४० बजे बा. १४ च. १६६१ नम्बरको स्कर्पियोमा थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

पहिरोका कारण भन्सार निर्माण कार्य रोकिएको छ । थप क्षतिको जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij