रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का गएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ५९ मिनेट जाँदा रुकुमपूर्वको तकसेरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
यसपछि पुनः आइतबारै अपराह्न ४ बजेर ४७ मिनेट जाँदा रुकुमपूर्वकै हुकाम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरेर १५४ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। आसपासका जिल्लासमेत गरी भूकम्पले ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
त्यसयता पटकपटक परकम्प गइरहेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij