२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने भएको छ ।

सहरभरी हैजा फैलिएका कारण थप संक्रमणबाट जोगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न आह्वान गरेको थियो ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij